sanolagani-loader

Details

  • Feb. 14, 2023, 2:56 a.m.
  • Admin
  • 33 Comments

कसरी ? सानो परिवर्नले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

sanolagani-कसरी ? सानो परिवर्नले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

संसारमा, विशेष गरी सामाजिक सञ्जालहरूमा देखिने अचानक र ठूलो फड्को , तत्काल सेलिब्रेटी, रातारात पैसा, र यस्तै कुराले हामी मोहित हुन्छौ, हामी विर्सन्छौ कि जीवन-लामो परिवर्तनको वास्तविक सारथी हो साना - साना परिवर्तनको उपज हो ।

हामी प्रायः हाम्रो जीवनमा परिवर्तनहरू ठूलो हुनु पर्दछ भन्ने कुरामा फसेका छौं । जुन गाह्रो देखिन्छ । त्यसैले हामी केही गर्दैनौं । हामी केवल इच्छा, प्रतीक्षा र आशा गर्दछौ । अर्को शब्दमा हामी आफ्नो दैनिकीमा फसेका छौ । हाम्रो दिमागले परिवर्तन चाहदैन ।त्यसैले  हामी आफ्नो comfortable zone वाट वाहिर निस्कन सक्दैनै ।

तपाईलाई थाहा नहुन पनि सक्छ कि कुनै पनि सानो परिवर्तनले थप नयाँ परिवर्तन ल्याउँछ ।ल्यसैले केहि फरक गर्नुहोस् । टि-सट लगाउने गर्नुहुन्छ भने सट लगाउनुहोस् । काम या स्कुल कलेज जादा फरक बाटो लिनुहोस् । फरक रेस्टुरेन्टमा खानुहोस् । कफीको सट्टा चिया पिउनुहोस् । यसले हजुरलार्इ Comfortable Zone वाट वाहिर निस्कन मद्दत गर्दछ ।

हामी अहिले जहा र जस्तो छौ त्यो हाम्रो हिजो लगातार दोहोरिएका साना वानिहरूको परिणाम हो । चाहे त्यो सकरात्मक होस् या नकरात्मक । त्यसैले आज हजुरले आफ्नो वानिमा गरेको सानो परिवर्तनले भोलिको जिवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । जुन सकरात्मक या नकरात्मक हुन सक्छ । यो कुरा हजुरको वानी कुन दिशा तर्फ फर्केको छ भन्ने कुरामा भर पर्दछ । त्यसैले सकरात्मक चिजहरू जस्तैः किताब लेख्नु छ भने दैनिक केही शब्द लेख्नुहोस् । सम्बन्ध सुधार वा नया सम्बन्ध सुरू गर्नु छ भने आफ्नो वोलि, नजर, काम र मुस्कानमा हरेक दिन सानो सकरात्मक परिवर्तन गर्नुहोस् ।

यो नियम हाम्रो जिवन शैलि, स्वास्थय, सम्वन्ध, शिक्षा ,वितिय अवस्था जस्ता अन्य हरेक कुरामा लागु हुन्छ ।

त्यसैले आफैलाई सोध्नुहोस्:

तपाईं आज के सानो परिवर्तन गर्न सक्नुहुन्छ जसले तपाईंको भोलिलाई आकार दिनेछ ?

कुन सानो कुरालाई तपाइँ बानीमा पालना गर्न सुरु गर्न सक्नुहुन्छ ?

तपाईं आफ्नो जीवनमा के परिवर्तन गर्न चाहनुहुन्छ ? त्यहाँ पुग्नको लागि तपाईले आज कुन सानो कदम चाल्न सक्नुहुन्छ ?

 

Comments

Leave Your Comment