हामी प्रायः वितिय बजारमा Face Value, Book Value, र Market Value वारेमा धेरै सुन्ने गर्दछौ । हामी धेरै जसो लाइ थाहा नहुन पनि सक्छ कि यिनिहरूको नाम मात्र फरक हो कि वास्तवमै फरक हुन् ? कुनै पनी कम्पनीको Face Value, Book Value र Market Value कसरी थाहा पाउन सकिन्छ ? के यिनिहरूको मद्दत ले हामी राम्रो शेयर खरिद गर्न सक्छै ? यि र यस्ता प्रश्नहरूको उत्तरका लागि हामी Face Value, Book Value र Market Value को वारेमा जानै ।
सामान्य भाषामा भन्दा Face Value भनेको कम्पनीले शेयर जारि गर्ने वेलामा तोकेको प्रतिकित्ता शेयरको मुल्य हो ।
मानौ, XYZ कम्पनीले आईपीओ जारी गर्ने समयमा प्रति शेयर १०० रुपैयाँ अंकित मुल्य बरावरको ५० हजार कित्ता शेयर जारी गर्दछ भने, प्रति कित्ता शेयर मुल्य १०० रूपैयाँ नै Face Value हुन्छ । Face Value परिवर्तन भइ राख्ने हुदैन यो प्राय Fixed हुने गर्दछ ।
यदि कुनै पनी कम्पनीको शेयर Stock Split or Reverse Stock Split हुन्छ भने शेयरको Face Value परिवर्तन हुन्छ ।
Face Value (FV)= Equity Share Capital / Number of Outstanding Shares
सामान्य भाषामा Book Value भनेको कम्पनीको वास्तविक मुल्य हो । यदि कम्पनी को सबै सम्पती बेचिन्छ र सबै दायित्वहरू फिर्ता गरिन्छ । भने बाकीँ रहेको सम्पती नै Book Value हुन जान्छ । तसर्थ, Book Value कम्पनीको Book Account अनुसारको वास्तविक मूल्यको हो । जुन यसको वित्तीय विवरण वा यसको Net Worth मा देखाइएको हुन्छ ।
Book Value (BV) = Total Assets - Total Liabilities
Book Value Fundamental Analysis को महत्वपुर्ण भाग हो । त्यसैले यस बारे अझ प्रस्ट हुनको लागी Book Value Per Share र Price To Book Ratio वारे जान्ने छौ ।
सामान्य भाषामा Book Value Per Share भनेको १ कित्ता शेयरको Book Value हो । प्रायः Book Value Per Share, Market Value Per Share भन्दा कम रहने गर्दछ ।
Book Value Per Share (BVPS) = Book Value/Total Numbers of Share
OR
Book Value per share = Face Value + Reserve per share
P/B Ratio को मद्दतले शेयर Overvalued छ कि Undervalued छ भन्ने कुराको पहिचान गरिन्छ । यदी कुनै पनी शेयरको P/B Ratio उच्च हुन्छ भने त्यो शेयर महंगो छ भन्ने वुझिन्छ र यदि P/B Ratio कम हुन्छ भने त्यो शेयर सस्तो छ भन्ने वुझिन्छ ।
Price To Book Ratio( P/B) = Market Price per Share / Book Value per Share
Market Value भनेको हालको शेयरको बजार मुल्य हो । हाल कुन मुल्यमा शेयर खरिद वा विक्री भएको छ शो मुल्यलाइ नै Market Price भनिन्नछ । हामी दोस्रो बजारमा शेयर खरिद तथा विक्री गर्दा Market Price को आधारमा गरिने गरिन्छ ।
Comments