sanolagani-loader

Details

  • Feb. 19, 2023, 8:38 a.m.
  • Admin
  • 33 Comments

Stock Split In Nepali (Stock Split भनेको के हो ?)

sanolagani-Stock Split In Nepali (Stock Split भनेको के हो ?)

Stock Split भनेको शेयर विभाजन गर्नु हो । या भनै टुक्राउनु हो । सरल भाषामा भन्दा एउटा शेयर लाइ टुक्क्राएर २ वटा वा सो भन्दा धेरै टुक्रामा विभाजन गर्छ भने त्यसलाइ Stock Split भनिन्नछ ।  शेयर विभाजन तब हुन्छ जब कम्पनीले शेयरको तरलता बढाउन आफ्नो शेयरको संख्या बढाउँछ । या भनौ जब शेयरको मुल्य आमलगानिकर्ताको हात वाट टाढाहुन्छ (जस्तै एक कित्ता शेयरको मुल्य २०,३० हजार भन्दा माथी पुग्छ) र स्थिर रूपमा रहन्छ । तव कम्पनीले आफ्नो शेयर आमलगनीकर्ताहरूको हातमा पुर्याउन र शेयरको तरलता बढाउन यसो गर्ने गर्दछ । 

उदाहरणको लागी XYZ कम्पनीको १०० रूपैँया Face Value भएको १ कित्ता शेयरको हालको बजार मुल्य २० हजार छ । अनि T भन्ने व्यक्ती संग सो कम्पनीको २ लाख वरावरको १० कित्ता शेयर छ ।  मानौ XYZ कम्पनीले 1:4 (१ को वदला ४) का दरले शेयर Split गर्दछ भने ।

T संग अब ४० कित्ता शेयर हुन्छ तर उसको Value भने २ लाख नै रहन्छ ।  

अब, XYZ कम्पनीको शेयर मुल्य समायोजन भै १ कित्ता शेयरको बजार मुल्य ५ हजार हुन्छ । भने Face Value २५ रूपैयाँ हुन्छ । जो लगानी कर्ताले XYZ कम्पनीको शेयर खरिद गर्न चाहेका हुन्छन् र १ कित्ता शेयरलाइ २० हजार तिर्न हिच्किचाही रहेका थिए भने Stock Split पछि ५००० हजार वरावर १ कित्ता भएपछि सो लगानी कर्ताहरूले शेयर खरिद गर्न सक्दछन् । यसरी Stock Split पछी शेयरको संख्यामा वृद्धि भएपनी यसको मुल्य कमहुने र राम्रो कम्पनी हुने भएकाले Short Term को लागि यसको शेयर मुल्यमा उछाल आउने हुन हुन्छ ।

Comments

Leave Your Comment