sanolagani-loader

Details

  • Feb. 14, 2023, 10:48 p.m.
  • Admin
  • 33 Comments

पैसाको मुल्य (Value Of Money)

sanolagani-पैसाको मुल्य (Value Of Money)

नयाँ वर्षको सुरुमा, विद्यालयमा कक्षा शिक्षिका आफ्ना विद्यार्थीहरूको अगाडि ५०० रूपैया लिएर उभिरहेकी छिन् । उनले उनीहरूलाई भन्छिन्, "यदि तपाईलाई यो पैसा चाहिएको छ भने हात उठाउनुहोस्।"

कक्षा कोठामा हरेक विद्यार्थीको हात माथि जान्छ, जसमा शिक्षिका भन्छिन्, "म यो पैसा यहाँ कसैलाई दिन जाँदैछु, तर पहिले मलाई यो गर्न दिनुहोस् ..." उसले पैसा लिन्छिन र आफ्नो हातमा कचाककुचुक पार्दछिन त्यसपछि, भन्छिन  "कसैलार्इ अझै पनि यो चाहन्छ ?"

कक्षा कोठामा सबै हात माथि थिए ।

त्यसपछि शिक्षकले भुइँमा पैसा फ्याँक्छीन्, भुइँमा कुच्दछिन र फेरी हातमा उठाएर टक्टकाउन्छिन् । "अब कस्लार्इ चाहिन्छ ?" उसले फेरि सोध्छिन ।

कक्षा कोठाका सबै हात अझै माथि नै थिए । एउटा विद्यार्थीको हात तल परेन ।

"विद्यार्थीहरू, मलाई आशा छ कि तपाईंले यहाँ वाट पाठ सिक्नुहुन्छ । मैले यो पैसालाई के गरें भन्ने फरक पर्दैन, तपाईंहरू सबैले अझै पनि यो चाहानुहुन्छ किनभने यसको मूल्य उस्तै रह्यो। यो च्यातिन लागेको र फोहोर भएपनि, यो अझै पनि ५०० रूपैया नै हो ।"

शिक्षिकाले जारी राख्छिन, "हामीसँग पनि त्यस्तै हुन्छ । तपाईंको जीवनमा यस्तै समयहरू आउनेछन् जब तपाईं खस्नुहुन्छ , चोट लाग्छ र फोहर लाग्छ । तर जे भए पनि, तपाईंले आफ्नो मूल्य कहिल्यै पनि गुमाउनुहुने छैन।"

Comments

Leave Your Comment