नेपालमा पहिलो बीमा कम्पनी बि.सं. २००४ मा "नेपाल माल चलानी तथा बीमा कम्पनी लि." को रूपमा स्थापना भएको थियो । भारतीय बीमा कम्पनीहरूको बलियो उपस्थितिलाई रोक्न नेपाल बैंक लिमिटेडको पुर्ण स्वामित्वमा यस बीमा कम्पनी सुरू भएको थियो । बि.सं. २०१६ मा यस कम्पनीको नाम परिवर्तन गरि "नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि." राखिएको थियो । पछि २०४८ सालमा नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नको लागि यसलाई नेपाल बीमा कम्पनी लि.को नामबाट पुनः नामकरण गरियो । प्रजातन्त्रको पुनर्स्थापनापछि नेपालले खुला र उदार अर्थतन्त्र अपनायो र पुरानो ऐनलाई परिमार्जन गरी नयाँ बीमा ऐन २०४९ ल्याइयो । जसले गर्दा नेपालको बीमा उद्योगमा प्रतिस्पर्धी बीमा कम्पनीहरूको संख्या नाटकीय रूपमा बढेको छ ।
आर्थिक गतिविधिको बृद्धिमा बीमा व्यवसायको भूमिकालाई मध्यनजर गर्दै र देशबाट डरलाग्दो नगद निकासी रोक्न नेपाल सरकारले देशभित्रै ठूलो र व्यवस्थित बीमा कम्पनीको अपार आवश्यकता महसुस गर्यो । त्यसपछि तुरुन्तै नेपाल सरकारले २०२४ साल पुस १ गते नेपाल सरकारले कम्पनी ऐन बमोजिम रु एक करोडको पुँजीमा "राष्ट्रिय बीमा संस्थान" स्थापना गरेको थियो । २०२४ फागुन ११ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसाय मात्र सञ्चालन गर्दै आएको थियो । २०२५ साल पुस १ गते कम्पनीलाई ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ बमोजिम संस्थाको रुपमा परिणत गरिएको थियो ।
राष्ट्रिय बीमा संस्थानले २०२९ फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय सुरु गरेको हो । राष्ट्रिय बीमा संस्थानले २०२९ सालमा जीवन बीमा व्यवसाय सुरु गरेपछि बीमाको संस्थागत विकास सुरु भएको मानिन्छ ।
2. राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड
3. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
4. लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
5. मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी)
6. एशियन लाइफ इन्स्योरेन्स क. लिमिटेड
7. सूर्या लाइफ इन्स्योरेन्स क. लिमिटेड
8. गुराँस लाइफ इन्स्योरेन्स क. लिमिटेड
9. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
10. आईएमई लाइफ इन्स्योरेन्स क. लिमिटेड
11. युनियन लाइफ इन्स्योरेन्स क. लिमिटेड
12. ज्योति लाइफ इन्स्योरेन्स क. लिमिटेड
13. सन नेपाल लाइफ इन्स्योरेन्स क. लिमिटेड
14. रिलायन्स लाइफ इन्स्योरेन्स क. लिमिटेड
15. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
16. सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड
17. सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड
18. प्रभु लाइफ इन्स्योरेन्स क. लिमिटेड
19. महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
20. नेपाल इन्स्योरेन्स क. लिमिटेड
21. ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड
22. नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड
23. हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
24. युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड
25. प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.
27. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
28. प्रभु इन्स्योरेन्स लिमिटेड
39. आईएमई जनरल इन्स्योरेन्स लिमिटेड
३०. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
31. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
32. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
34. सिद्धार्थ इन्स्योरेन्स लिमिटेड
35. राष्ट्रिय बीमा कम्पनी लिमिटेड
36. सानिमा जनरल इन्स्योरेन्स लिमिटेड
38. जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड
39. नेपाल पुनर्बीमा क. लिमिटेड
Comments