Happy Money, Ken Honda द्वारा लिखित पुस्तक हो । यस पुस्तकले हामीलाइ कसरी आफ्नो पैसा खर्च गर्दा हामी खुशी रहन सक्छौ भन्ने कुरा सिकाउन्छ । जसले हामीलाई हाम्रो ध्यान धेरै कमाउन भन्दा पनि फरक तरिकाले खर्च गर्न सिकाउँछ।
अनुभवहरू किन्नुहोस् यसको अर्थ यो हो कि भौतिक वस्तुहरू जस्तै वाइक,कार,मोवाइल फोन वा लत्ता कपडा हरूको सट्टामा अनुभव दिने कुराहरू वा भनै सम्झनामा रहने कुराहरू खरिद गर्नुहोस् जस्तै कुनै नयाँ ठाउँ घुम्नु, Bungee Jumping, Rafting जस्ता खेल खेल्नु,concert हरूमा रमाइलो गर्नु आदी । पुस्तकका अनुसार हामीलाइ भौतिक वस्तुहरू को तुलनामा अनुभवहरूको खरिदले बढी खुसी प्रदान गर्दछ ।
यसको अर्थ यो हो कि मानौ हजुरलाइ मनपर्ने खाना सधै खानुहुन्छ भने त्यसको सट्टामा हप्ताको एक पटक खादा अझ बढी खुसी प्रदान गर्दछ । जब कुनै चीज सधैं उपलब्ध हुन्छ मानिसहरू त्यसको प्रशंसा गर्न कम झुकाव हुन्छन् । हामीले मनपर्ने चीजहरूमा हाम्रो पहुँच सीमित गर्नाले तिनीहरूबाट प्राप्तहुने आनन्द वा खुसी अझ बढी र बलियो हुन सक्छ ।
हामीहरू सुन्ने गर्छौ, म संग Time नै छैन वा फुर्सद नै छैन भन्ने गरेको यस पुस्तकले हामीलाइ Time किन्न वा फुर्सद किन्न भन्दछ जस्को मद्दतले हामी चाहेको कुरा गर्न सकै र खुसी हुन सकै । उदाहरणको लागि हजुरको अल्छीलाग्दो कामलाइ अरूलाइ जिम्मा दिएर आफ्नो लागी परिवार तथा साथी भाइ संग रमाइलो गर्ने समय खरिद गर्न सक्नुहुन्छ ।
अगाडि भुक्तान गरेर र खपत ढिलो गरेर, तपाईले कम पैसा खर्च गर्दा पनि धेरै खुशी किन्न सक्नुहुन्छ । बिदाहरू आउनु अघि नै बढी आनन्द प्रदान गर्दछ ।
नयाँ अनुसन्धानले देखाउँछ कि अरूमा पैसा खर्च गर्नाले आफैंमा पैसा खर्च गर्नु भन्दा बढी आनन्द आउँछ । अरूमा लगानी गर्दा मानिसहरूले आफ्नो लागि पर्याप्त नभए पनि आनन्द बढाउँछ, अरूलाई पैसा र समर्थन प्रदान गर्नाले हामीलाई स्वस्थ र खुसी बनाउँछ, दान गर्ने मानिसहरू धनी महसुस गर्छन् ।
आफ्नो खुसी बढाउनको लागि, आफ्नो पैसा त्यसरी खर्च गर्नुहोस् जसले तपाईंलाई आफूले चाहेको कुरा पूरा गर्न थप समय र लचिलोपन दिन्छ। आफ्नो पैसा आफैमा भन्दा अरूमा खर्च गर्नुहोस्, र सामानहरू भन्दा अनुभवहरू किन्नुहोस्। तर केवल चीजहरू नकिन्नुहोस्; अघिको प्रत्याशाको स्वाद लिनुहोस् र तपाईंको बढेको खुशीको स्तरमा रमाउनुहोस् ।
Comments