sanolagani-loader

Details

  • Feb. 15, 2023, 5:02 a.m.
  • Admin
  • 33 Comments

कम्पाउडिङ्ग के हो ? (Power of Compounding in Nepali)

sanolagani-कम्पाउडिङ्ग के हो  ? (Power of Compounding in Nepali)

यदि तपाईं लगानी गर्न नयाँ हुनुहुन्छ भने, कम्पाउन्डिङ कुनै पनि लगानी छलफलको सुरुमा हुनुपर्छ।  सामान्य भाषामा कम्पाउडिङ्ग (Compounding) भनेको सावामा पाएको ब्याज माथि कमाएको पैसाको प्रतिशत हो । अर्थात व्याज माथिको व्याज । कम्पाउन्डिङ साँच्चै लगानीको जादू हो । सफल लगानीकर्ता बन्नका लागि तपाईले दुईवटा कुरा मात्र गर्नुपर्छ,  पैसा गुमाउनु हुँदैन र उचित प्रतिफलको दरमा चक्रवृद्धिमा पुजिँ लगाउनु पर्दछ ।

कम्पाउडिङ्गको शक्तिको वारेमा एउटा उदाहरण वाट प्रष्ट हुन सकिन्छ । मानौ हजुरलार्इ कसैले "एक करोड रूपैँया दिन्छु वा एक रूपौँया आज दिन्छु र एक महिना सम्म हरेक दिन तपार्इ संग जति पैसा हुन जान्छ त्यति नै थपिदिन्छु अर्थात आज १ रूपौँया दियो भने भोली १ रूपौयाँ थप दिन्छ र हजुर संग २ रूपौँया हुन्छ, तेस्रो दिन थप २ रूपौँया दिन्छ र हजुर संग चार रूपौया हुन्छ, चौथोँ दिन ४ रूपौँया थप दिन्छ अनि हजु रंग ८ रूपौँया हुन्छ यहि क्रममा ३० दिन सम्म दिन्छु" भन्छ र हजुरले एक रूपौँया चयन गर्नुहुन्छ भने, हजुर संग सातैँ दिनमा ६४ रूपौँया हुन्छ र पन्ध्रौँ दिनमा १६,३८४ रूपौँया हुन जान्छ । तिस दिन सम्म कतिहुन्छ आफै हिसाब गर्नुहोस् । यसैलार्इ नै Power Of Compounding भनिन्छ ।

 

Comments

Leave Your Comment