हामीले सुन्ने गर्छौ -- कम्पनीले ---समयको लागि --- ब्याजदरमा ऋणपत्र (Debenture) निस्कासन गरेको छ भनेर । वा हामी ले Mero Share मा Debenture को IPO खुलेको देख्न सक्छै । हामीलाइ लाग्न सक्छ के हो त Debenture भनेको ? जब कुनै कम्पनीलाइ पैसाको आवश्यकता हुन्छ । तव उनिहरूको लागि पैसा जुटाउने धेरै Option हरू रहन्छ जस मध्ये ऋणपत्र निस्कासन पनि एक हो ।
सरल भाषामा भन्दा ऋणपत्र (Debenture) भनेको एक प्रकारको ऋण हो । जुन कम्पनीले बैंक वा ऋणप्रदायक कम्पनीहरू वाट नलिएर Public वाट उठाउने गर्दछ । यदी कम्पनीले शेयर जारी गर्न चाहदैन भने उसले ऋण लिनुपर्ने हुन्छ । जुन (ऋण) बैंक वा ऋणप्रदायक कम्पनीहरू वाट लिन सक्छ वा ऋणपत्र (Debenture) निस्काशन गर्दछ । यसरी बैंक वा ऋणप्रदायक कम्पनीहरू वाट ऋण नलिएर त्यसको विकल्पको रूपमा ऋणपत्र (Debenture) जारि गरि लगानिकर्ता (Public) वाट निश्चित समयकोलागि र निश्चित व्याजदरमा ऋणलिने गर्दछ ।
यसरी कति समयको लागि, कति व्याजदरमा र कसरि व्याज दिन्छ भन्ने कुरा ऋणपत्र मा खुलाएको हुन्छ ।
कम्पनीले पहिलो प्राथमिकता ऋणदाता (Debenture Holders) लाइ दिने गर्दछ यदि भविष्यमा कम्पनीलाइ फाइदा हुन्छ भने पहिलो भुक्तानी ऋणदाता (Debenture Holders) लाइ हुने गर्दछ यसरि नै यदी कम्पनी बन्द हुन्छ भने पनी सवै भन्दा पहिला ऋणदाता (Debenture Holders) लाइ पैसा फिर्ता गरिन्छ ।
यदि कोहि लगानिकर्ताले न्युन जोखिम वहन गर्न चाहान्छ र आफ्नो लगानी लामो समयको लागि बार्षिक निश्चित व्याजदरमा लगाउन चाहान्छ भने उ ऋणपत्र (Debenture) मा लगानी लगाउन सक्दछ । यसरी ऋणपत्र (Debenture) मा लगानी लगाउने लगानीकर्ता लाइ Debenture Holders भनिन्छ । कम्पनीका लागि Debenture Holders ऋणदाता (साहुकार) हुन ।
ऋणपत्र (Debenture) द्वारा कुनै पनि कम्पनीमा लगानी लगिइन्छ भने हामीलाइ हरेक बर्ष निश्चित व्याजदर पाउने Fixed Guarantee हुन्छ । चाहे कम्पनी नाफामा होस् या घाटामा ।
Equety Share को तुलनाकमा यसको Face Value धेरै हुने गर्दछ । सामान्यतया नेपालमा Debenture को Face Value 1000 राख्ने गरिन्छ ।
Comments