सानो केटाको बुबा सधै जसो रातिको ९ वजे घर आउनु भयो । सानो केटा बुबाको नजिकै गयो ।
छोराः बाबु म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु ।
बुबाः वावु तिमि अझै सुतेका छैनै ? भन के भन्न मन गरेको छ ।
छोरा : बुबा, हजुरले घण्टाको कति कमाउनुहुन्छ ?
बुबा (रिसाउदै) : किन यस्तो प्रश्न सोधेको...!!
छोरा: भन्नुन म जान्न चाहान्छु ।
बुबा: म हरेक घण्टा २०० रुपैयाँ कमाउँछु ।
छोरा (टाउको निहुराएर): ओहो...! (माथि हेर्दै) ! बुबा, म १५० रुपैयाँ उधारो लिन सक्छु ?
बुबा (रिसाउदै): यदि तिमिले मलाई यो सोध्नुको कारण म संग उधारो पैसा मागेर नचाहिने खेलाउनाहरू खरिद गर्न खोजेका है भने कोठामा गएर सुत ! तिमिलाइ थाहा छ ? पैसा कमाउन कति गाह्रो हुन्छ ?
बुवाको आग्रह अनुसार छोरा चुपचाप आफ्नो कोठामा गएर ढोका लगाए सुत्यो ।
भोलि विहान
करिब ७ वजे सानो केटाको बुवा उठेर काममा जान तयार भए, ततिकैमा हिजो को कुरा संझिए उनको मनमा चिसो पस्यो र विचार गर्न थाले, "सायद उसलाई साँच्चै महत्त्वपूर्ण कुराको लागि पैसा चाहिएको थियो कि ? किनकि उसले कहिले पनि धेरै पटक पैसा मागेको थिएन" ।
त्यसपछि बाबु छोराको कोठामा पसे र ढोका खोले । उसले छोराको ओछ्यानमा पुगेर भने, "छोरा तिमी सुतिरहेका छौ?"
"हैन बुबा", छोराले भन्यो, "मैले सोचेको थिएँ, सायद म तिमीलाई हिजो धेरै नराम्रो व्यवहार गरे । त्यसैले म तिमीसँग दुखी छु।" तिमीले मागेको पैसा यहाँ छ, "बुबाले भन्नुभयो । केटो खुसि भयो ।
र आफ्नो सिरानी मुनि वाट केहि खुजुरा पैसा निकाल्यो छोरा संग पहिले नै पैसा छ भन्ने कुरा थाहा पाएर बुवा फेरी रिसाए । सानो केटाले विस्तारै आफ्नो पैसा गन्न थाल्यो त्यसपछी बुवालाइ हेर्यो ।
"यदि तिमी संग पहिले नै पैसा थियो भने म संग किन मागेको " बुवाले सोध्नुभयो ।
किनभने म संग अपुग पैसा थियो अव पुरा भयो । छोराले भन्यो ।
“बुबा मसँग अहिले २०० रूपैँया छ के म तपाईंको समयको एक घण्टा किन्न सक्छु ? कृपया आज चाँडो घर आउनुहोस्। म हजुरसँग बसेर खाना खान चाहन्छु।" बुवा स्तब्ध हुनुभयो ।
Comments