शेयरबजार लगानीको हिसाबले एक आकर्षक ठाउँ हुन सक्छ । तर यसमा जोखीम पनि उत्तिकै हुने गर्दछ । हामीले शेयरमा लगानी लगाउनु भन्दा पहिले धेरै कुराको वारेमा जानेको हुनु पर्दछ । यहाँ हामी केही महत्वपुर्ण नियमको वारेमा भन्छौ ।
हामी हाम्रो सम्पती कसैले भनेको भरमा वा सुनेको भरमा लगानी लगाउनु हुदैन । आफै विश्लेषण गर्नुहोस् र लगानी लगाउनु होस् । विश्वास मात्र आफुमा गर्नुहोस् । जब जब बजारमा हल्ला सुनिन्छ नेप्शे अझै उकालो लाग्छ तव तव डराउनुहोस् र जब बजारमा Market पुरा Down छ लगानी लगाउने अवस्थानै छैन भन्ने जस्ता हल्लाहा आउन थाल्छ तव लगानी लगाउन चनाखो हुनुहोस् ।
"जब अरूहरू लोभी अझ लोभी हुन्छन् तब मात्र डराउने प्रयास गर्नुहोस् जब अरूहरू डराउँछन् तब लोभि हुनुहोस्" । - Warren Buffett
सेयर बजारमा आफ्नो पैसा लगानी गर्नु अघि, सेयर बजारले कसरी काम गर्छ भन्ने कुरा थाहा पाउन थोरै पैसा लगाएर हेर्नुहोस् । शेयर बजारलाई असर गर्ने आर्थिक प्रवृत्ति र कारकहरू बारे जान्नुहोस् । कुनै विशेष कम्पनीमा लगानी गर्दा, कम्पनीको विगतको कार्यसम्पादनका साथै भविष्यको सम्भाव्यताको बारेमा केही अनुसन्धान गर्नुहोस् । कम्पनीको Balance Sheet, Profit/Loss Account पढ्नुहोस् । Fundamental र Technical indicator हरू वारे जान्नुहोस् ।
चाहे बजार उकालो लागोस् या ओरालो झरोस् यसले हजुरलाइ केही फरक नपरोस् । नियमित थोरै थोरै रकम लगानी योग्य शेयरमा लगाउनु होस् । यसले हजुरको भावनात्मक पक्ष हटाउन मद्दत गर्दछ ।
एक चोटी आफ्नो Target Set र Stop Loss लगाइ सकेपछी । तसमा रहनुहोस् । धेरै लोभ र धेरै आश नगर्नुहोस् । आफ्नो नियम कडाइका साथ पालना गर्नुहोस् । पश्चताप नलिनुहोस् ।
हजुरको लगानी रकमको केही प्रतिशत Equity Share मा लगाउनुहोस् शेयरमा पनि कुनै एक sector मा मात्र लगानी नलगाउनुहोस् । विभन्न sector वाट १/२ वटा कम्पनी छान्नुहोस् र लगानी लगाउनुहोस् ।,केही प्रतिशत Mutual Fund मा लगाउनुहोस् । र केही प्रतिशत Debenture मा लगाउनुहोस् ।
शेयर बजारमा हजुरले शेयर कति समय Hold गर्नुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्ने गर्दछ । यदि हजुरले ऋण लिएर लगानी लगाउनुहुन्छ भने । ऋणले हजुरलाइ अत्ताउन्छ । जसकारण हजुरलाइ घाटा बेहोर्नु पर्ने हुन सक्छ । शेयरमा नियमित आफ्नो कमाइको केही सानो अंश मात्र लगानी लगाउनु राम्रो हुन्छ । ऋण लिएर वा ठूलो सम्पति एकै चोटी लगानी लगाउनु हुदैन ।
अन्य कामहरू छोडेर शेयर बजारको पछि लागेर मात्र बस्न तेति सजिलो छैन । यदि वसि हाले पनी कुन समय शेयर Pick मा पुग्छ वा Down मा जान्छ । यसको भविष्यवाणी गर्न गाह्रो हुन्छ । त्यसैले शेयर वजार लाइ Short Term लगानीको रूपमा नलिएर Long Term लगानीको रूपमा लिदा बढी फाइदा हुन्छ ।
जव हामी शेयर Live Chart हेरेर वस्छै । तव हामी उत्तेजित हुन्छै । भावनामा वहेर निर्णय लिन्छै । Chart उकालो लाग्ना साथ खरिद गर्न हतारिन्छै र Chart ओरालो झर्न साथ विक्री गर्न आत्तिन्छौ । जस्ले गर्दा हामी भावनात्माक रूपमा विचलित हुन्छौ । यसरी भावनामा नवगिकन आफु संग भएको तथ्याङ्कको आधारमा निर्णय लिनुहोस् ।
हामीले थोरै थोरै लगानी लगाएको रकम कसरी भविष्यमा ठूलो रूप लिन्छ । भन्ने कुराको हेक्का हुनु जरूरी हुन्छ । हामीले खरिद गरेको शेयरमा पाइने वोनस शेयरले गर्दा हाम्रो लगानी Compounding भै रहेको हुन्छ र शेयरमा पाएको Dividend लाइ पुनः शेयरमा लगानी लगाइ Compounding को शक्तिको लाभ लिन सक्छै ।
शेयर लगानी बैकको Fixed Deposit मा राखे जस्तो हुदैन यसको नियमित निगरानी राख्नु पर्दछ । कुल वेला देशको आर्थिक निति परिर्तन हुने हो ? विश्व वजारले गर्दा के कस्तो असर परेको छ । कम्पनीको संचालकमा को फेरीयो । कम्पनीको चौमासीक, अर्ध वार्षिक र वार्षिक रिपोर्ट मा के देखियो यस्तै यस्तै यावत कुराहरूको निगरानी राख्नु पर्दछ । र यसले शेयरमा के कस्तो असर गर्दछ भन्ने कुराको जानकार हुनु पर्दछ ।
Comments